१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

जनयुद्धताका बोर्डिङ स्कुल बन्द गराउँदै हिडेका मन्त्री बरालले गरे बोर्डिङको प्रशंसा !



गुल्मी ।
१० बर्षे जनयुद्धताका बोर्डिङ स्कुल बन्द गराउँदै हिँडेका पूर्व माओबादी केन्द्रका नेताहरु वोर्डिङ स्कुलले शैक्षिक क्षेत्रमा देखाएको बाटो अनुशरणिय भएको धारणा राख्न थालेका छन । यसै क्रममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मीमा भएको एक कार्यक्रममा बोर्डिङ स्कूलको खुलेरै प्रशंसा गर्नुभयो । पूर्व माओबादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री बरालले शैक्षिक क्षेत्रमा बोर्डिङ स्कूलले देखाएको बाटो अनुशरणीय भएको जिकिर गर्नुभयो ।

यस्तै उहाँले प्रदेश सरकारले शिक्षकहरुको तलव वृद्धि गर्ने तयारी गरिरहेको बताउनुभएको छ । आइतबार गुल्मीको धुर्कोट गाउँपालिकाले अयोजना गरेको शैक्षिक गोष्ठीमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

‘अहिले नै यी–यी तहका शिक्षकको यति हजार तलब बढ्दैछ भनेर भन्दिँन, तर एउटा शिक्षकलाई पर्याप्त हुने गरि तलब वृद्धिको लागि सिफारिस गरेर आयोगमा पठाएका छौ’– उहाले भन्नुभयो– ‘निजी विद्यालयकै जति दाम पनि दिने, काम पनि उस्तै लिने प्रदेश सरकारले नीति लिएको छ ।’

पुराना शिक्षकहरुले आफूलाई अर्धदक्ष छु भनेर सोच्दै नसोच्न उहाले आग्रह समेत गर्नुभयो । अहिलेको प्रविधीलाई पछ्याउँदै मैले जे पनि गर्न सक्छु भन्ने उच्च मनोभावना राखेर अगाडी बढ्न मन्त्री बरालको सुझाव थियो ।

उहाले शिक्षण विधी सिकाईका लागि अमेरिका लण्डन जस्ता विकासित मुलुकमा पहिला मन्त्रीहरु जाने, त्यसपछि सचिवहरु, उनीहरुपछि विभागका निर्देशक र त्यसपछि तत्कालिन जिसीअहरु जाने गरेको कुरालाई आफूले अन्त्य गर्न लागेको बताउनुभयो ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ४ : ३६ बजे