५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लुम्विनी एक्स्पोमा ओइरिए दर्शक, आयोजकलाई थेग्नै गाह्रो !



बुटवल ।
पुष ५ गतेदेखि सञ्चालित लुम्विनी एक्स्पो–२०७५, अन्तराष्ट्रिय व्यापार मेलामा शनिवार मेलास्थलमा दर्शकहरुको ओइरो लाग्यो ।

शनिवार सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक भएको थियो । मेला सचिवालयले दिएको जानकारी अनुसार शनिवार एकै दिन एक्स्पो अवलोकन गर्न टिकट खरिद गरि तथा कार्ड र पासमार्फत हजारौ दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउसम्म हाम्रो विस्तार’ भन्ने मूल नाराका साथ लुम्विनी एक्स्पो सञ्चालन भैरहेको छ ।

एक्स्पो अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजकको तर्फबाट टिकट काउन्टर बाहिर गेट अगाडी ४ स्थानबाट टिकट विक्री गरिएको थियो ।

मेला हेर्न अवलोकनकर्ताहरु विहान दशै वजेदेखि टिकट काउन्टरमा लाइनमा बसका थिए । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा मेला स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए । शनिवार मेला अवलोकन गर्न भिड बढ्ने अनुमान गर्दै पूर्व आवश्यक तयारी गरिएको थियो ।

आजको दर्शकहरुको उपश्थितिले हाम्रो आयोजना पूर्ण सफलतातर्फ अगाडि बढेको विश्वास व्यक्त गर्दै मुल समितिका संयोजक पदम प्रसाद श्रेष्ठले आफुहरुलाई उत्साहित बनाएको बताउनु भयो । उहाले रुपन्देही व्यापार संघको आयोजना पृथक तथा ऐतिहासिक बन्ने गरेको बताउदै यस पटकको एक्स्पो पनि उचाईमा पुगेको दावी गर्नुभयो ।

पूर्व अनुमान गरिए अनुसार मेला हेर्न आएका दर्शकहरुको भिड अत्याधिक बढेपछि टिकट काउण्टरबाट टिकट विक्री कार्य पटक पटक स्थगित गर्नु परेको मेला प्रबन्धक सरोज पोखरेलले बताउनु भयो । एक्स्पो आयोजना स्थलको क्षमताभन्दा बढी दर्शहहरुको घुइचो बढेको अवस्थामा टिकट विक्री बन्द गरी व्यवस्थापन गर्ने काम गरिएको थियो । मण्डपभित्रका दर्शकहरुलाई बाहिर निस्कनका लागि छुट्टै निकासको व्यवस्था गरिएको थियो ।

दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । गेटबाट अवलोकनका लागि छिरेका दर्शकहरु स्टल हुँदै मञ्च रहेको खाली मैदानमा जम्मा हुन बाध्य थिए । स्टलको बाटोमा हिडेका दर्शकहरुको भिडका कारण एक अर्कालाई धकेल्दै अगाडि बढ्ने अवस्था सिर्जना भएको थियो ।

मेला मुल आयोजक समितिका सदस्य सचिव प्रकाश ढकालका अनुसार मेला अवलोकन गर्न आउने दर्शकहरुलाई सकेसम्म कुनै प्रकारको समस्या नपरोस भन्ने कुरामा गम्भिर बनेको बताउँदै कुनै पनि प्रकारको दुर्घटना नभएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

उहाँका अनुसार शनिवार करिव ३ करोडको आर्थिक कारोवार भएको अनुमान गरिएको छ । एक्स्पोमा भिड बढेपछि सुरक्षाको पाटो निकै गम्भिर बन्ने हँुदा त्यसमा आफुहरुले निकै सचेत र चनाखो भएर काम गरेका कारण कुनै अप्रिय एवं मानविय तथा भौतिक क्षति हुने घटना नभएको सुरक्षा व्यवस्था समितिका संयोजक राजेन्द्र ढकालले बताउनु भयो । उहाँले सुरक्षा व्यवस्था कायम गर्न मेलामा खटी सहयोग पु¥याएकोमा सुरक्षा निकायका सबैप्रति आभार पनि व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ४ : ४१ बजे