१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानन्यायाधीश राणाद्धारा पदभार ग्रहण



काठमाडौं ।
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदभार ग्रहण गर्नु भएको छ । बुधबार बिहान राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएका नवनियुक्त प्रधानन्यायाधीश जबराले दिउँसो सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गर्नु भएको हो ।
त्यस अवसरमा उहाँले संचारकर्मीमाझ न्यायमा आम नागरिकको सहज पहुँच पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नवनियुक्त प्रधानन्यायाधीश जबराले न्यायालयप्रति आम नागरिकको आस्था र विश्वास अभिवृद्धि गर्न संचारकर्मीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
नवनियुक्त प्रधानन्यायाधीश जबराले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने संकल्प पनि गर्नुभयो । उहाँले प्रमाणको आधारमा न्याय दिन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
संसदीय सुनुवाई विशेष समितिबाट मंगलबार अनुमोदन हुनु भएका नवनियुक्त प्रधानन्यायाधीश जबराले बुधबार पदभार समेत ग्रहण गर्नु भएको हो । चार वर्षे कार्यकालका लागि प्रधानन्यायाधीशमा नियुक्त हुनु भएका उहाँलाई पदभार ग्रहण गर्नेक्रममा सर्वोच्च अदालतका न्यायाधिश तथा कर्मचारीहरुले सर्वोच्च अदालत परिसरमा भव्य स्वागत गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  १० : ११ बजे