११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

तिलौराकोट उत्खनन फेरी शुरु, फेला पर्ला त थप प्रमाण !



मायादेवी अनलाइन, कपिलवस्तु ।
बिश्व संपदा सुचीमा सुचीकृत गराउन बुद्धको क्रिडास्थल तिलौराकोटमा फेरीउत्खनन थालिएको छ । चाहिने प्रमाण जुटाउन बिज्ञ विदेशी पुरातत्वबिद् सहित नेपाली टोलीले यस बर्ष फेरी तिलौराकोट उत्खनन थालेका हुन । तिलौराकोटलाई बिश्व सपदा सुचीमा सुचीकृत गराउन तीन बर्ष अघि नै युनेस्कोमा प्रस्तावित गरेको पुरातत्व बिभागले जनाएको छ ।
बेलायतको दुर्हम बिश्व बिद्यालय, पुरातत्ब बिभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले सोमवार देखि बिधिवतरुपमा कार्य सुरु गरेका हुन । अत्याधुनिक प्रबिधिका उपकरण प्रयोग गरेर पुरातात्बिक मुल्य मान्यता अनुसार उत्खनन् थालिएको हो ।
टोलीले तिलौराकोट प्रवेश गर्ना साथै प्राचीन शहरको झझल्को दिने गरि उत्खनन गर्ने बताएको छ । उत्खननमा जापानिज फण्ड ईन ट्रस्ट, युनेस्को र जापानिज नागरिक कसाईको सहयोग रहेको छ । बुद्धका पिता राजा शुद्धोदनको राजप्रसाद तिलौराकोटमा टोलीले सरोकारकावला बीच राखेको अन्तरक्रिया कार्यक्रममा बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुँवरले त्यसबारे जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले तिलौराकोट उत्खननले बलियो प्रमाण भेटिने विश्वास व्यक्त गर्नुभयो । तिलौराकोट बुद्धको क्रिडास्थल भएरपनि पछाडि परेको भन्दै यो उत्खनन कार्य संगै बलियो प्रमाण भेटिने उहाँको भनाई थियो । संसारका बौद्धमार्गीको स्थल तिलौराकोटको विकासमा प्रदेश सरकार चिन्तित रहेको भन्दै अब विगतको भन्दा तिलौराकोट व्यवस्थित हुने बताउनुभयो ।
यही टोलीले गत बर्षहरुमा तिलौराकोट र आसपासमा उत्खनन कार्य सम्पन्न गरेको थियो । उत्खनन कार्य आगामी २८ फेब्रुअरी सम्म चल्नेछ । यस बर्ष तिलौराकोट दरबारको मध्यभागको संरचना, केन्द्रिय पोखरी, समयमाई मन्दिरको पश्चिम पट्टीको भाग तथा तिलौराकोट दरबार बाहिर पुर्व तर्फ रहेको कन्थक स्तुापाको उत्खनन, अन्बेशषण र योजना निर्माण गरिने बिभागका प्रमुख पुरातत्प अधिकृत राम बहादुर कुँवरले बताउनुभयो ।
गत बर्ष पुर्वी गेट, उत्तरी हिस्ता तथा समयामाई मन्दिरको किनारमा उत्खनन गरिएको थियो । यस पटक पनि निकै सुक्ष्म तरिकाले अध्ययन अन्बेशषण गर्ने गरिने अधिकृत कुँवरले बताउनुभयो । यस पटक पनि बैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भुभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिने उहाले जनाउनुभयो ।
यस्तै ििकपलवस्तु संग्रालयको समेत स्तरउन्नती गरिने छ । बिभाग र कोषले सन २०१२ देखि उत्खनन र अनुसन्धानको कार्य थालेको थियो । यस अघि जापानिज फण्ड ईन ट्रस्टको सहयोगमा लगातार ४ बर्ष देखि उत्खनन गरिएको थियो । यस बर्ष जापनिज नागरिक कासाईको सहयोग रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  २ : २० बजे