३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दिइन् राजीनामा



काठमाडौँ ।
मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।मन्त्रीपरिषद् बैठकले सोमबार उनलाई बर्खास्त गरेको सूचना बाहिरिएका बेला राजदूत शेर्पाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार परराष्ट्र मन्त्रालयमै भेटेर राजिनामा दिएको स्रोतले बतायो ।
परराष्ट्र मन्त्रालयले बुझाएको प्रतिवेदनका आधारमा शेर्पाले राजिनामा दिएको बुझिएको छ । उनलाई राजीनामा दिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपा शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजीनामाका लागि दबाब दिएको स्रोतले जनाएको छ । शेर्पामाथि उनकै चालकले मानव तस्करीको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  ८ : ३८ बजे