१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृष्णनगर नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण



सीताराम चौधरी, कपिलवस्तु ।
जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पाँच लाखको न्यानो कम्बल वितरण गरेको छ । केही दिनदेखि चिसो बढ्दै गएपछि नगरपालिकाले विपन्न, गरीब वर्गका जेष्ठ नागरिकलाई लक्षित गरी न्यानो कम्बल वितरण गरेको हो ।
नगरप्रमुख रजत प्रताप शाहले एक कार्यक्रमकाबीच जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गर्नुभएको थियो । कम्बल वितरण गर्दै नगरप्रमुख शाहले जेष्ठ नागरिकलाई चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्ने सुझाव दिंदै विपद आउनुअघि सचेत हुन आग्रह समेत गर्नुभयो । विपन्न र गरीब परिवारका जेष्ठ नागरिकलाई शितलहरबाट जोगाउन राहत स्वरुप न्यानो कपडा वितरण गरेका हौं, उहाँले भन्नुभयो ।
कम्बल वितरण कार्यक्रमा समाजसेवी तुफेल खान, वडा नं ३ का वडा अध्यक्ष शगीर खान लगायतको सहभागिता रहेको थियो । नगरपालिकाको वडा नं ३ अन्तर्गत चैपुरवा, लक्ष्मीनगर, झण्डेनगरका जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको नगरपालिका सूचना अधिकृत शाकिर खानले जानकारी दिनुभयो । न्यानो कम्बल पाएका जेष्ठ नागरिकहरु हँसिलो अनुहार लिएर यसबाट अझ बाँच्ने आशा पलाएको बताएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७५ मंगलबार ००:००  २ : ३१ बजे