१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संसारकै धनाढ्य व्यक्तिको सम्बन्ध विच्छेद



एजेन्सी ।
अमेजन कम्पनीका मुख्य कार्यकारी अधिकृत जेफ बेजोस र उनकी पत्नी म्याकेन्ज बेजोसले आफ्नो २५ वर्षे वैवाहिक सम्बन्धलाई बिट मार्ने निर्णय गरेका छन्। दुवै जनाले संयुक्त रूपमा माइक्रो ब्लगिङ साइट ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन्। उनीहरूले पछिल्लो समय आफूहरूबीच केही मतभेद देखिएकाले आफ्नो २५ वर्षे वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउन बताएका छन्। यद्यपि उनीहरूले अहिलेसम्मको आफूहरूको सम्बन्ध सौहार्दपूर्ण रहेको समेत उल्लेख गरेका छन्। उनीहरूले लामो समयसम्म एकअर्काले प्रेमपूर्वक साथ दिएको तर केही समयका लागि एक्लो महसुस गरेपछि सम्बन्धविच्छेद गर्ने गरेको ट्विटरमा बताएका हुन्। ‘हामीले एक–अर्काको साथ पाएकोमा निकै भाग्यशाली महसुस गर्छौं। हामीले विवाहपछि यतिका वर्षसम्म सँगै सहकार्य गर्‍यौँ, यसका लागि हामी एक(अर्काप्रति मनैदेखि आभारी छौं’, उनीहरूको संयुक्त ट्विटमा भनिएको छ। ब्लुमबर्गका अनुसार ५४ वर्षीय जेफले संसारकै धनी व्यक्तिको सूचीको शीर्षस्थानमा छन्। उनले २५ वर्षअघि अमेजन कम्पनीको सुरुवात गरेपछि उनीको कमाइले कयौँ रेकर्ड तोड्दै आएको छ। उनको कुल १३७ बिलियन अमेरिकी डलर सम्पत्ति छ। अमेजन माइक्रोसफ्टलाई पछिपार्दै संसारको सबैभन्दा महँगो कम्पनी बनेको थियो। जेफसँग म्याकेन्जको विवाह सन् १९९३ भएको हो। उनीहरूको जागिरका लागि अन्तर्वार्ता दिना जाँदाका क्रममा भएको थियो। उनीहरू तीन महिना प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका थिए। उनीहरूका चार सन्तान छन्, तीन छोरा र एक धर्मपुत्री। उनीहरूको विवाह भएको एक वर्षपछि एमेजनको कम्पनी सुरु गरेका थिए । सुरुवाती समयमा एमेजनले पुस्तकहरूमात्रै बिक्री गर्ने गर्दथ्यो । अहिले यो कम्पनी विश्वकै सबैभन्दा ठूलो इ(कमर्श कम्पनी बन्न सफल भएको छ। त्यस्तै ४८ वर्षीया म्याकेन्ज साहित्यमा रुची राख्छिन्। उनले अहिलेसम्म दुईवटा पुस्तक प्रकाशन गरिसकेकी छन्। यीमध्ये ‘द टेस्टिङ अफ लुथर’ सन् २००५ मा प्रकाशित भएको थियो भने सन् २०१३ मा ‘ट्रप्स’।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ९ : ४९ बजे