२ मंसिर २०८२, मंगलबार | Wed Nov 19 2025

वाणगंगामा प्रथम नगरस्तरीय माघी खिचडी महोत्सवको रौनकता



मायादेवी अनलाइन, कपिलवस्तु ।

थारु जागृती युवा क्लव वाणगंगा ४ को आयोजनामा प्रथम वाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सव तथा नयाँ वर्ष भब्य रुपले मनाइको छ । वाणगंगा नगरपालिका ११ हथौसा महाशिवरात्री मेला स्थलमा यहि पौष २८ देखि ३० सम्म संचालित प्रथम वाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सवमा सवैजातजातीले खुशी साटासाट गरेर माघीपर्व मनाएका हुन् ।

थारु भाषा, कला, सस्कृति हम्मनके शान, पर्यटन प्रवर्धन कयना हम्मनके अभियान भन्ने मुल नाराका साथ मनाइएको प्रथम वाणगंगा नगरस्तरीय माघी खिचडी महोत्सवमा विभिन्न मौलिक थारु कला सँस्कृति, भेषभुषामा सजिएर नृत्य तथा कला प्रस्तुती गर्दै सँस्कृतिको संरक्षण गरिएको छ ।

महोत्सव अवधी भर विभिन्न विधामा प्रतियोगीता समेत संचालन गरिएको र उत्कृष्ट प्रतियोगीलाई पुरस्कृत समेत गरिने युवा समाजसेवी श्याम सिटिले जानकारी दिनुभयो । साथै माघी महोत्सवमा आउने अतिथीहरुलाई विभिन्न थारु परिकारहरु खुवाएर स्वागत सत्कार गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  १२ : ०९ बजे