८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बाणगंगा पुस्तकालयले सरस्वती पूजा भव्य मनाउँने



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको बाणगंगा पुस्तकालय तथा अध्ययन केन्द्रले बार्षिकोत्सव भव्यताका साथ मनाउने निर्णय गरेको छ । यही माघ २७ गते सोमबारका दिन आफ्नो बार्षिकोत्सव परेका कारण बिभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

केन्द्रका अधयक्ष दिलीप कार्काको अध्यक्षतामा विहीबार बसेको बैठकले सो दिन श्रष्टा सम्मान, रचना बाचन तथा साहित्यिक गोष्ठि गर्ने जनाउँदै आजैबाट त्यसको तयारी सुरु गर्ने निर्णय गरेको केन्द्रका सहसचिव बुद्धिसागर बेल्वासे मामाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई भव्य बनाउन बिभिन्न विभागहरु गठन गरेर जिम्मेवारी पनि तोकिएको छ भने आर्थिक संकलनको लागि बिभिन्न उद्योगी व्यावसायीसंग पनि सहकार्य गर्ने निर्णय भएको छ । पछिल्लो समय मानिसमा अध्ययन गर्ने बानीको विकास हराउँदै गएका कारण त्यस दिन विद्यार्थी शिक्षक, प्रध्यापक, अभिभावक, उद्योगी, व्यावसायी आदिलाई सहभागी गराएर अध्ययनको महत्वको बारेमा विशेष जानकारी दिने तयारी भएको बेल्वासेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ माघ २०७५ शुक्रबार ००:००  २ : ५२ बजे