१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजधानीमा नेपाल र भारतका उद्धमीको जमघट



काठमाण्डौँ ।
काठमाडौँमा आजबाट ‘दोस्रो अन्तर्रा्ष्ट्रिय उद्यमशीलता सम्मेलन’ सुरु हुँदैछ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा शनिबारबाट भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा हुने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने छ।

होटल याक एण्ड यतिमा सुरु हुने कार्यक्रमको अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहको छ । सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीकोसमेत सहभागिता रहने र विषयविज्ञ आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत प्रमुख वक्ताका रुपमा रहनुहुने जनाइएको छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेकोले त्यसमा कार्यक्रम सहयोगी हुन सक्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

भारतीय राजदूतावासका द्धितिय वाणिज्य सचिव कपिलध्वज प्रतापसिंहले सम्मेलनमा युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताउनु भयो । सम्मेलनमा भारतका उद्यमी, लगानीकर्ता, व्यापारी, वकिल, लेखापरीक्षक, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धीका जानकार सहभागी हुने छन्।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  २ : ३५ बजे