१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पिपरामा पाणिनी सप्लायर्सको उद्घाटन


७ माघ २०७५ सोमबार ००:००  

0
Shares

बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरमा तीव्र रुपमा उद्योग व्यापार विस्तार हुँदै जानुले यहाँ प्रशस्त लगानीको सम्भावना छ भन्ने कुरा पुष्टि भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले बताउनु भएको छ । आफ्नो कार्यकालमा मात्र करिब एक सय बढी उद्योग र व्यापारिक फर्मको उद्घाटन गर्ने अवसर पाएको भन्दै नगरले छिटै आर्थिक रुपमा फड्को मार्ने उहाँले बताउनुभयो । बाणगंगा १ पिपरामा आजबाट सुरु भएको पाणिनी सप्लायर्सको उद्घाटन गर्दै पौडेलले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो–नगरमा प्रशस्त उद्योग व्यापारको सम्भावना छ, ढुक्क भएर लगानी गर्नुहोस् , यसको लागि नगरमा वातावरण मैले बनाउँछु, संघ जिम्मेवार छ । विदेशमा लामोसमय काम गरेर पुनः स्वदेशमा फर्कि लगानी गर्न तम्सेका युवाहरुको प्रसंशा गर्दै पौडेलले मुलुकलाई सम्वृद्ध बनाउन हरेक नागरिक विदेश जानबाट रोकिनु पर्ने बताउनु भयो ।
वरिष्ठ समाजसेवी दोलखराम घिमिरेले नगरमा लगानीको सम्भावना रहेका कारण सवैले लगानी गरेर नगरलाई सवृद्ध बनाउनु पर्ने बताउनु भयो । अर्घाखाँचीमा स्थायी बसोबास गरी केही बर्ष विदेशी भूमिमा परिश्रम गरी स्वदेश फर्कनुभएका दधिराम घिमिरे र पर्शुराम पाण्डेले पाणिनी सप्लायर्सलाई संचालनमा ल्याउनु भएको हो । पैसा कमाउन विदेशी भूमि सजिलो नभएको भन्दै उहाँहरुले हरके युवाहरुले देशमै केही गरे मात्र मुलुक सवृद्ध बन्ने बताउनु भयो ।


कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी, पत्रकार बाबुराम रायमाझी, समाजसेवी हुमानाथ पौडेल, रवि ज्ञवाली, पूर्ण बहादुर क्षेत्री, नारायण गैरे, पत्रकार कृष्ण पौडेल लगायतको सहभागिता रहेको थियो । लगानीकर्ता घिमिरेको स्वागत र पाण्डेको धन्यबाद ज्ञापनमा सम्पन्न कार्यक्रमको संचालन पत्रकार चन्द्रकान्त न्यौपानेले गर्नु भएको थियो । पाणिनी सप्लायर्सले बिभिन्न कम्पनीका ग्यारेन्टेड धारा, पाइप लगायत हार्डवेयरका सामानको बिक्रिवितरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  १ : १९ बजे