१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संस्कृतिको संरक्षणपछि मात्र मुलुक संमृद्ध : सांसद पन्थी



मायादेवी अनलाइन, कोपवा । 

प्रदेश सांसद विष्णु पन्थीले प्रदेश ५ थारु जातिको वाहुल्यता भएको प्रदेश भएकाले प्रदेश सरकारले पनि थारु जातिको पहिचानमा जोड दिने बताउनु भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ५ कोपवामा प्रथम कोपवा माघि महोत्सवको समापन सत्रमा बोल्दै उहाँले संस्कृतिको संरक्षणपछि मात्र मुलुक संवृद्ध हुने भन्दै थारु जातिको संस्कृति संरक्षण गर्नु पर्ने बताउनुभयो । थारु जातिमा रहेका झुमरा, धान, लाठीजस्ता नाचहरुले छुट्टै खालको मौलिकता बोकेकाले यस्ता संस्कृतिको संरक्षणमा सबै लाग्नु पर्ने बताउनुभयो ।

नेकपाका कपिलवस्तु संयोजक झविलाल पोख्रेलले नेपालका बिभिन्न जातजातिबीच भएको एकताले विश्वभर नेपालीको परिचय विशिष्ट भएको बताउनुभयो । वाणगंगाका नगर प्रमुख मंगल प्रसाद थारु, वडा नम्बर ५ का अध्यक्ष भीष्मराज भूषालले लगायतले यस बर्ष माघीलाई अझ भब्य बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

Image may contain: 6 people, including Bhishma Bhusal, people smiling, people standing, child and weddingImage may contain: 2 people, people on stage and people standingImage may contain: 3 people, people standing

 

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ३ : २९ बजे