२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

पूर्व पञ्चहरुको पार्टी दुई राप्रपा मिले, कमल थापाको राप्रपा कता ?



काठमाडौं ।
पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को शुक्रबार पार्टी एकीकरण भएको छ । दुई पार्टी मिलेर बनेको नयाँ पार्टीलाई राप्रपा संयुक्तको नाम दिइएको छ ।
घोषणा कार्यक्रममा नवगठित एकीकृत पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले राप्रपाको मूलधार आफुहरु भएको दावी गर्दै एकत्रित गर्न सहयोग गर्ने सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिएका छन् ।
उनले सम्पूर्ण प्रजातन्त्रवादीहरु एक भई सरकारविरुद्ध आन्दोलन गर्न सबैको सहयोगको अपेक्षा रहेको बताए । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अब हिन्दू राज्यका लागि आन्दोलन थालिने बताए । यता दुई राप्रपा मिले पनि कमल थापा नेतृत्वको राप्रपा भने मिलेका छैन । यस भन्दा अगाडि तीन राप्रपा एक थिए ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  १ : ५२ बजे