२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्धारा संघियता खारेजीको माग



मायादेवी अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चाका नेताहरुले संघियता खारेजीको माग गरेका छन् । विदेशीको ईसारामा आएको संसघयताले मुलुकमा महंगी र भ्रष्टाचार बढाएको हुनाले संघियता खारेज नभएसम्म मुलुक नै खारेज हुनेतर्फ सबैको ध्यानाकर्षण गराएका हुन् ।
संघियताको खारेजी, मलुकमा बढेको महंगी, भ्रष्टाचार र दण्डहिनताको विरोधमा राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज जितपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य केशव आचार्यले सरकारको घोर विरोध गर्नुभयो । विदेशबाट आएको संघियताले कुनै पनि हालतमा मुलुकको विकास हुन नसक्ने ठोकुवा गर्दै आचार्यले देश विकास गर्न संघियता खारेजको विकल्प नभएको बताउनुभयो ।

जिल्ला समन्वय समिति प्युठानका प्रमुख समेत रहनु भएका आचार्यले प्रदेश सरकारको कामै नभएको भन्दै प्रदेश सरकारमा रहेको शक्तिलाई स्थानीय तहमा विकेन्द्रिकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ठुला राजनैतिक दलका नेताहरुले नेपालीलाई जहिले पनि झुठा आश्वासन मात्र दिएर बारम्बार धोका दिएको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
मुलुकको विकासलाई अवरोध गर्न कानुनमै बिभिन्न अवरोधहरु रहेकाले त्यसलाई शंशोधन गर्न वर्तमान केपी शर्मा ओली सरकार तयार भएको अवस्थामा आफूहरुले सरकारको विरोध नगरेर समर्थन गर्ने नेता आचार्यले बताउनु भयो ।


नेता आचार्यले सरकारले प्रदेश मातहतमा श्रम मन्त्रालयलाई ल्याएर झन् युवाहरुलाई विदेश जान प्रोत्साहन गरेको बताउनुभयो । विरोध सभामा बोल्दै अखिल नेपाल मूल प्रवाह भारतीय एकता समाजका कपिल खनालले सरकारले अपराधीहरुलाई कारबाही गर्न छोडेर उल्टै भूमाफिया र दलालहरुलाई संरक्षण गर्न लागेको आरोप लगाउनुभयो उहाले निर्मला हत्या काण्डलाई ढाक छोप गरी सरकार दोषी लुकाउनतर्फ उद्धत रहेको बताउँदै भन्नुभयो ।
वाईट
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य केयरसिहँ अदैले नेपाली किसान दाजुभाईको हितमा सरकारले कुनै काम गर्न नसकेको बताउनुभयो । देशमा महंगी र भ्रष्टाचार बढेको बताउँदै यसले किसानको ढाड सेकेको बताउनुभयो । मुलुकमा संघियताले धेरै समस्या निम्त्याएको भन्दै यसैको कारण हिन्दूधर्मको नाममा राजतन्त्रबादीले चलखेल गरेको बताउनुभयो ।


राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षता र सचिव माधव भाट क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पार्टीले केन्द्रिय रुपमा जारी गरेको कार्यक्रम अनुसार आफूहरुले कपिलवस्तुको जितपुरमा विरोध सभा गरेको अध्यक्ष दधिराम आचार्यले रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  १ : ५० बजे