२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त



काठमाण्डौ ।
लामो समयदेखि रिक्त रहेको दिल्लीस्थित नेपाली दूतावासले राजदूत पाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली आवासीय राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गर्नुभएको छ ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको हो । संविधानको धारा २८२ को उपधारा ९१०० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेको आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको थियो ।तत्कालीन राजदूत दीपकुमार उपाध्यायले गत वर्ष प्रतिनिधिसभामा उम्मेद्वार बन्न राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन थियो ।

वि।सं।२००० मा सल्यान जिल्लाको खलंगामा जन्मनुभएका आचार्यले कानुनमा स्नातक ९बीएल० र मस्कोबाट पत्रकारितामा एम।ए। गर्नुभएको छ । विद्यार्थी छँदा नै २०१९ मा राजनीतिमा लागेका आचार्य २०४२ बाट कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको थियो ।आचार्य वाममोर्चाको तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्री समेत बन्नु भएको थियो । त्यसपछि २०५३ देखि २०५६ सम्म आचार्य श्रीलङ्काकाको लागि नेपाली राजदूत बन्नुभयो ।

पहिलो संविधानसभामा नेपाली कांग्रेसले आचार्यलाई मनोनित कोटाबाट संविधान सभा सदस्य बनाएको थियो । पछिल्लो समय राजनीतिमा निस्कृय रहेका आचार्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  १० : ५३ बजे