५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेविसंघ अध्यक्ष महरसहित नेताहरू पक्राउ



काठमाडौं ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित एक दर्जन नेताहरू पक्राउ परेका छन्।
महरसहितका नेताहरू सिडियो कार्यालय घेराउन गर्ने क्रममा पक्राउ परेका हुन्। पोखरामा सरकारी गाडी जलाएको आरोपमा नेविसंघका नेताहरूमाथि मुद्दा चलाइएको थियो। आफूहरूमाथि मुद्दा चलाएको विरोधमा नेविसंघका नेताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए। उनीहरूलाई प्रदर्शनकै क्रममा प्रहरीले पक्राउ गरेको हो।
नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्ने क्रममा प्रदर्शनसहित सरकारी गाडी जलाएको थियो। केही दिन यता नेविंघले सरकारी गाडी जलाएको विषयमा पक्ष–विपक्षमा बहसहरू भइरहेका छन्। नेपाली कांग्रेसका नेता गगन थापालेसमेत सरकारी गाडी जलाएको विषय गलत भएको बताएका थिए। नेविसंघले थापाको अभिव्यक्तिको विरोध गर्दै पोखरामा कालो झण्डासमेत देखाएको थियो।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  ८ : ०० बजे