५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मुलुकमा गणतन्त्र हटाएर राजतन्त्र फर्काउने चलखेल हुन थाल्योः अध्यक्ष केसी



पाल्पा ।

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्र हटाएर राजतन्त्र फर्काउने चलखेल सुरु भएको बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चा पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेललाई सम्बोधन गर्दै अध्यक्ष केसीले हिन्दु राज्यसहितको राजतन्त्र फर्काउन नेपाली कांग्रेस सहमत भइसकेको, राजतन्त्र फर्काउने विषयमा राप्रपामा एकीकरण सुरु भएको र छिमेकी भारतीय जनता पार्टीले विभिन्न गतिविधि मार्फत  राजतन्त्र फर्काउने चलखेल सुरु गरेको उनको दावी छ । तर राजनीतिक दलले गल्ती गर्दैमा गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरे ।

यसका लागि सबै जनता सचेत हुनपर्ने पनि उनको आग्रह थियो । दुईतिहाईको वामपन्थी सरकार भए पनि जनताको अपेक्षा र चाहना अनुसार काम गर्न नसकेको, भष्ट्राचार बढेको, शुसासन कायम हुन नसकेको, महंगी बढेकाले जनता सकारप्रति रुष्ट बन्दैगएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  १ : २३ बजे