५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जनयुद्ध र जनआन्दोलका सहिदको सम्मानमा कार्यक्रम गर्न नेकपाको सर्कुलर



काठमाडौं ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीले देशभर जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा कार्यक्रम गर्ने भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले देशभरका पार्टी इकाइहरूलाई सर्कुलर जारी गरेर जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा फागुन १ गते देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन्। नेकपाले काठमाडौंमा भने पार्टी कार्यालय धुम्बराहीमा बुधबार बिहान कार्यक्रम गर्ने भएको छ।
धुम्बराहीमा आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति हुनेछ। नेकपा स्रोतका अनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा कार्यक्रम गर्न सर्कुलर जारी गरिएको छ। तत्कालिन माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो। सोही दिनको सम्झनामा विगतमा माओवादीले जनयुद्ध दिवस मनाउने गरेको थियो। तत्कालिन एमाले र माओवादी एकता भएपछि जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा पहिलोपटक कार्यक्रम हुन लगेको हो।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  १० : ५३ बजे