१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

प्रधानमन्त्री ओलीद्धारा नेपाल पानीजहाज कार्यालयको उद्घाटन



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । ओलीले ललितपुरको एकान्तकुनामा स्थापना गरिएको कार्यालयको बिहीबार एक समारोहकाबीच उद्घाटन गर्नुभएको हो ।
पानी जहाज कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले नेपालमा पानीजहाजको युग सुरु भएको बताउनुभयो ।
मन्त्रिपरिषद्ले गत पुस ३० गते नेपाल पानीजहाज कार्यालयको स्थापना गर्ने र कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम ललितपुरको एकान्त कुनामा सो कार्यालय स्थापना गरिएको हो ।
कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले अब नेपालले छिट्टै राष्ट्रिय झण्डावहाक पानीजहाज कुदाउने बताउनुभयो । उहाले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रलाई सामान ढुवानीका लागि उपयुक्त हुने बताउनुभयो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५ बिहिबार ००:००  ६ : ३६ बजे