१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नुहुनेछ । सङ्घ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता हुनेछ । प्रधानमन्त्री ओलीले गरेको सम्बोधन रेडियो मायादेवीले प्रत्यक्ष प्रसारण गर्ने छ । साथै मायादेवी अनलाईनफेसबुक पेज बाट पनि लाईभ गरिने अनलाइनले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५ बिहिबार ००:००  १० : ०६ बजे