१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

प्रधानमन्त्रीले गरे देशबासीको नाममा सम्बोधन, के के भने ?



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट निर्माणको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्ष समृद्धिको आधार तयार पार्न लागेको भन्दै राज्यको संरचनागत व्यवस्थापनमा समय खर्च भएको बताउनुभयो ।
निकै कठिन मोडमा सत्ता सम्हालेको स्मरण गर्दै उहाँले त्यसलाई पनि सहजताका साथ अंगालेर काम गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध रहेको भन्दै कसैले अधिनायकवाद भनेर प्रचार गर्दै हिँड्नुलाई ध्यान बराल्ने काम बाहेक केही नभएको बताउनुभयो ।‘अहिले लोकतन्त्र फैलिएको र फैलिदैँ गएको अवस्थामा छ, कसैले फैलदै गरेको लोकतन्त्र खुम्चिएको देख्छ भने त्यसको दृष्टिदोष मात्रै हो’, उहाँले भन्नुभयो ।
साथै आज बिहान उद्घाटन गरिएको पानी जहाज कार्यालय रमाइलोको लागि मात्रै नभएको उहाँले बताउनुभयो । उहाँले पानी जहाज आउँदैन कि भन्नेहरुलाई केही महिना पर्खेपछि पानी जहाज सञ्चालनमा आउने र टिकट पाइने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूले पहिलो पटक प्रधानमन्त्री भएको बेला भारतसँग छलफल गरेको नेपालमा पानी जहाज चलाउने योजनाले अब साकार रुप लिन लागेको पनि स्पष्ट पार्नुभयो ।
आफूले नेतृत्व सम्हालेको एक वर्ष भएको अवसरमा नागरिकका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश समृद्धिको बाटोमा हिँडिसकेको बताउनुभयो । उहाँले यो एक वर्षमा समृद्धिको आधार तय भएको बताउनुभयो ।
परराष्ट्र सम्बन्धमा सुधार आएको बताउँदै उहाँले केही नयाँ देशसँग पनि सम्बन्ध विस्तार भएको बताउनुभयो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५ बिहिबार ००:००  १२ : ०२ बजे