१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

प्रधानमन्त्री ओलीद्धारा मोदीलाई फोन, ४२ भारतीय सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाको निन्दा



एजेन्सी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काश्मिरमा विहीबार भएको आतंकवादीको हमलाको निन्दा र भत्र्सना गर्नुभएको छ । काश्मिरमा विहीबार दिउसो ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमला लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी घटनाको निन्दा गर्नुभएको हो । स्थानीय समयानुसार बिहीबार दिउँसो सवा तीन बजे जैस ए मोहम्म आतंकवादी समूहले काश्मिरको पुलवालामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवान मारिएको खबर पाएपछि ओलीले मोदीलाई फोन गर्नुभएको हो ।

मोदीसँगको फोन वार्ताका क्रममा पप्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले  जानकारी दिनुभयो ।  प्रधानमन्त्रीले मोदीसँगको फोनवार्ताका क्रममा आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रम ओलीले आतंककारी कृयाकलपा जुनसुकै रंग, जाति या क्षेत्रको भए पनि त्यो सधैँ निन्दनीय हुने बताउँदै यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताउनु भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५ बिहिबार ००:००  ४ : ३५ बजे