२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

चन्द्रौटामा मन्त्री नै झाँडु लिएर निस्किए पछि….



मायादेवी अनलाइन, चन्द्रौटा ।
५ नम्वर प्रदेशका भौतिक पुर्वाधार तथा निर्माण मन्त्री बैजनाथ थारुले मानव स्वस्थ रही सभ्य समाज निर्माणका लागि सरसफाइ पहिलो आवश्यकता रहेको बताउनुभएको छ । प्रदेश सभा स्थापना भएको एक वर्षका अवसरमा विहिवार बिहीबार कपिलवस्तुको चन्द्रौटामा सरसफाइ अभियानको मन्त्री थारुले शुभारम्भका अवसरमा उक्त कुरा बताउनुभएको हो ।
मानव स्वस्थ रही सभ्य समाज निर्माणका लागी कम्तीमा महिनामा एक पटक सरसफाइ अभियान आवश्यकता रहेकोमा जोड दिंदै प्रदेश सरकारले अव राजमार्गमा चल्ने सवारीका साधनबाट बनजंगल क्षेत्रमा दिसापिशाव गर्नमा रोक लगाइने बताउंदै राजमार्गमा रहेका पेटेल पम्पमा दिशापिशाव गराइन पाइने प्रावधान समेत रहेकोले सोही अनुरुप गर्न आग्रह गर्नुुभयो ।
सरसफाइ अभियानमा जनप्रतिनिधि, विभिन्न राजनितिक दल, समाजसेवी, सुरक्षाकर्मि, पत्रकार लगायत सयौंको सहभागीता रहेको थियो । शिवराज नगरपालीकाबाट शुभारम्भ गरिएको अभियानले चन्द्रौटा बजार क्षेत्रका विभिन्न स्थानको सरसफाइ गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५ बिहिबार ००:००  ४ : ५७ बजे