२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

दुई तिहाइको सरकार पछि केहीलाई अस्तित्व जोगाउन धौधौ छः मन्त्री अर्याल



बाबुराम रायमाझी, बुद्धभूमि ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले बर्तमान सरकार देश विकास र समृद्धिको बाटोमा अगाडी बढेकाले सरकारले गति लिएन भनेर पिर गरेको नभई काम गरेको देखेर अत्तालिएको बताउनुभएको छ । शुक्रबारबाट फागुन १२ गतेसम्म चल्ने दोस्रो बुद्धभूमि कृषि, व्यापारिक, साँस्कृतिक तथा औद्योगिक प्रर्दशनी उद्घाटन गर्दै मन्त्री अर्यालले उक्त कुरा बताउनुभएको हो ।

देश विकासका लागि अव सवै दल मिलेर हिड्नुको विकल्प नभएकाले राजनितिक पुर्वाग्रह राखेर स्वदेशी तथा विदेशी शक्तिको इशारामा नेपाललाई अस्थीरतामा राखेर आपनो स्वार्थ पुरा गर्ने काम भैरहको प्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो । सरकारलाई कमजोर पार्न अनेकन बाहना बनाई कतिपय दल सक्रिय रहेको भन्दै सचेत बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुलुकको आवश्यकता अनुसार दुइ बामपंन्थी एक भएर दुई तिहाइको सरकार बनेपछि अव आफ्नो अस्तीत्व जोगाउन कतिपय दललाई धौधौ परेको उहाँले टिप्पणी गर्नुभयो । त्यसैले सरकारको विरोध गरिएको उहाँको तर्क थियो ।

महोत्सव उद्घाटन कार्यक्रममा नेकपाका पिताम्वर खनाल, काँग्रेसका राजेन्द्रराज आचार्य, शुभलाल भुसाल लगायतले सफलताको शुभकामना दिनुभएको थियो । मूल आयोजक समितिका संयोजक इश्वरी भुसालको अध्यक्षता, लेखनाथ खनालको सन्चालन, कमल अधिकारीको स्वागतमा उद्घाटनसत्रस् सम्पन्न भएको थियो ।

यसैबीच इमिलियामा शुक्रबारदेखि दोस्रो बुद्धभूमि महोत्सव सुरु भएको छ । कृषि, उद्यम व्यापार, पर्यटन संस्कृती र स्वरोजगार, आत्मनिर्भर, सिपयुक्त, सवल र समृद्ध नगर भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सव उद्घाटन पूर्व विभिन्न संघ संस्थाले सांस्कृतीक र्याली सहितको झाँकी निकालिका थिए ।

युथ एलाइन्स फर चेन्स नामक संस्थाको आयोजना, बुद्धभूमि व्यापार संघको सहआयोजना, बुद्धभूमि उद्योग वाणिज्य संघको सहयोग र बुद्धभूमि नगरपालिकाको संरक्षकत्वमा महोत्सव सुरु भएको हो ।

महोत्सवमा कृषि पर्यटन तथा नगरपालिका भित्रका पुरातात्विक महत्वको बस्तुहरु प्रर्दशनीको लागि राखिने आयोजकको भनाई छ । यसका साथै राष्ट्रिय तथा, स्थानीय कलाकारले आफ्नो प्रस्तुती देखाउने छन भने दोस्रो बुद्धभूमि डान्स आइडल पनि सञ्चालन हुने छ ।Image may contain: one or more people, crowd, sky and outdoor

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  २ : २२ बजे