२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

जनसंर्घष र स्वभिमान अभियानलाई प्रभावकारी बनाउन राप्रपामा छलफल



काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गर्न लागेको जनसंर्घष र स्वभिमान यात्रालाई प्रभावकारी बनाउन छलफल थालेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीको अभियानका विषयमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको माग पत्रका विषयमा छलफल भइरहेको बैठकमा सहभागी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।बैठकमा फागुन ७ गतेदेखि सुरु हुने जनसंर्घष र फागुन १५ गतेबाट सुरु हुने स्वभिमान यात्रा र त्यसको व्यवस्थापनका विषयमा बैठकमा छलफल भइरहेको श्रेष्ठले बताए ।

स्वभिमान अभियान अन्तर्गत संकलित सुझाव काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, प्रदेशमा प्रदेशका मुख्यमन्त्रीलाई र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाउने तयारी रहेको पनि श्रेष्ठले बताए ।साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको १ वर्षे अवधिको समीक्षालगायतका विषयमा पनि छलफल हुने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ६ : ३५ बजे