२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

विकास र समृद्धिमा विभाजित नभै एक हुनुपर्छः प्रचण्ड



भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभै एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बबताएका छन् । ।

शनिबार भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१ औं हप्ता वाकाथन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको आधुनिक विकास गरेको बताए ।उनले विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, सबै वर्ग, धर्म, लिंङ्ग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाई अभियानले दिएको चर्चा गर्दै भने, ‘नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर नेपाली जनतालाई प्राप्त भएको छ ।’
यसलाई सबैले आत्मसात गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै उहाँले देश बनाउने जिम्मेवारी सबैको भएकाले सबै यसमा लाग्नुपर्ने औल्याए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नदीहरुको सफाइ अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताए । उनले वातावरणमा आएको ह्रास न्युनिकरण गर्न सरसफाइ अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गरे ।

शनिबार बिहान राष्ट्रिय धावक धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि सुरु भएको वाकाथन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । कार्यक्रममा राष्ट्रिय धावक धावक बैकुष्ठ मानन्धरलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ७ : ०७ बजे