७ असार २०८३, आइतबार | Mon Jun 22 2026

कोइराला परिवारका ३ नेता एउटै मालामा



काठमाडौं ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कोइराला परिवार तीन नेतालाई एउटै माला पहिर्‍याइएको छ।
नेपाली कांग्रेसका ३ नेताले वीरगञ्जमा एउटै माला लगाएर एकै स्थानमा उभिने सन्देश दिने प्रयास गरेका हुन्।
महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र सुजाता कोइरालाले एउटै माला लगाएका हुन्।
नेतात्रय पूर्व सभापति गिरीजाप्रसाद कोइरालाको नाममा रहेको जिपी फाउन्डेसनको कार्यक्रमका लागि विरगञ्ज पुगेका हुन्।
लोकतन्त्र शान्ति र विकासको लागि फोटो प्रर्दशनी र विचार गोष्ठी कार्यक्रमकाल लागि कोइराला परिवारका तीनै नेताहरुले एकै मञ्च सेयर गरेका हुन्।
विरगञ्जमा पार्टी कार्यालयको उद्धाटन समेत हुने बताइएको छ।
यसअघि फाउन्डेसनले विराटनगरमा गरेको कार्यक्रममा पनि ३ नेताले एउटै माला पहिरिएका थिए।
केही समयअघि तीनै जना नेताले कोइराला परिवारका सबै नेताहरुको बोली एकै हुने बताएका थिए। पुनः एउटै माला पहिरिएर कोइराला परिवारका नेताहरुको सहकार्य निरन्तर हुने सन्देश दिने प्रयास गरेका हुन्। नेपाल लाईभ बाट

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ९ : ४० बजे