२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सरकारले आफूखुसी व्याज बढाउने बैंकलाई नियमन गर्छः प्रधानमन्त्री ओली



काठमाडौँ ।
प्रधानमन्त्री केपी ओलीले बैंकहरुले आफूखुसी व्याज बढाउने गरेकोमा असन्तुष्टि जनाउँदै त्यसलाई सरकारले नियमन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई शनिबार बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा सर्तमा ऋण दिएर आफूखुसी ब्याच बढाउने कार्य उपयुक्त नभएको बताए ।

ुबैंकहरुले एउटा सर्तमा ऋण दिने र आफूखुसी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैनु प्रधानमन्त्री ओलीले भने, ुयसमा सरकारले नियमन गर्छ।ु प्रधानमन्त्री ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशनसमेत दिए।
ओलीले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरे। ुलगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोसु प्रधानमन्त्री ओलीले भने, सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबभन्दा कम ब्याज उठाउनुहोस्। बिलासिताका वस्तुमा लगानी कम गर्नुहोस्। ब्याज बढी गर्नुहोस्।ु
महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो। प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने, खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ११ : ५१ बजे