२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सरकारी र निजी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्छः सांसद शाह



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले विद्यालयको पाठ्यक्रम फरक फरक भएकोले शिक्षापछि परेको बताउनुभएको छ । सांसद शाहले भन्नुभयो, “देश एउटै, भाषा एउटै तर देशभित्रका शैक्षिक संस्थाको पाठ्यक्रम फरक भएकाले शिक्षामा गुणस्तर बढ्न सकेन ।”

कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरमा रहेको बाल शिक्षा आधारभूत माध्यमिक विद्यालयमा भवनको शिलन्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद शाहले संसदिय कोषको रकमबाट रु ३५ लाख सो विद्यालयको भवन निर्माण गर्नका लागि बजेट विनियोजित गर्नुभएको थियो ।

सांसद शाहले निजी र सरकारी विद्यालयको पाठ्यक्रम नै फरक भएकाले निजी विद्यालय भन्दा सरकारी विद्यालयको शिक्षण सिकाई कमजोर भएको बताउनुभयो । सरकारी विद्यालयका केही शिक्षकले ठग्ने प्रवृत्ति हाबी भएकोले शिक्षा कमजोर हँुदै गएको शाहले बताउनुभयो ।

पाठ्यक्रम परिवर्तन नहँुदा निजी विद्यालयका विद्यार्थी शिक्षामा आगडि तर सरकारी विद्यालयका विद्यार्थी कमजोर भएको बताउनुभयो । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउन र शिक्षण पेशालाई प्रविधि मैत्री बनाउन आफूले आउने वर्ष ल्यपटप हस्तान्त्रणको लागि प्रक्रिया अघि बढाएको बताउनुभयो । शिक्षालाई सुधार गर्न सबै मिलेर गर्ने सके समाजका धेरै समस्या आफै स्वात्त हटेर जाने कुरा कसैको सामु नलुकेको सांसद शाहले बताउनुभयो ।

कार्यक्रममा वडा नं २ का वडाध्यक्ष रामबहादुर थारुले विद्यालयमा शिक्षक र घरमा अभिभावकले विद्यार्थीलाई असल संस्कार सिकाउनुपर्नेमा जोड दिनुभएको थियो । विद्यालयमा पढाइको गुणस्तर वृद्धि गर्नुस्, राम्रो नतिजा ल्याउनुस, बजेट अभावमा तड्पिनु पर्दैन–उहाँले सबैलाई आह्वान गर्नुभयो ।

भवन शिलन्यास कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस कपिलवस्तुका सचिव प्रेमबहादुर रायमाझीले समुन्नत देश निर्माण गर्नका लागि शिक्षा व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षालाई अग्रस्थानमा राखेर सबैले हातेमालो गरी आगाडि बढनुको विकल्प नरहेको उहाँको भनाइ रहेको थियो ।

हाम्रो सम्मान हाम्रो शिक्षाबाट हुनुपर्नेमा जोड दिँदै शिक्षण पेशामा सबैले आत्मैदेखि आत्मा सम्मानको साथ लाग शिक्षामा सुधार हुने रायमाझीले सुझाव समेत दिनुभयो । बाल शिक्षा आधारभूत माध्यमिक हल्लानगरमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  १२ : ४५ बजे