२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

आज राष्ट्रिय प्रजातन्त्र दिवस, प्रजातन्त्रको नाममा विकृति मौलाउँदा जनतामा आशाभन्दा बढी निरासा



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज फागुन ७ गते, तानाशाह जाहानिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको आज ठिक ६८ बर्ष पुरा भएको छ । यसै दिनको सम्झनामा आज देशभर राष्ट्रयि प्रजातन्त्र दिवस मनाइदै छ । तत्कालिन राजा त्रिभुवनले जाह“निया राणा शासनको अन्त्य भएपछि मुलुकमा प्रजातन्त्र उदय भएको घोषणा गरेका थिए । विक्रम सम्बत २००७ सालमा स्थापना भएको प्रजातन्त्रलाई मजबुद बनाउन अहिलेसम्म विभिन्न जन आन्दोलनहरु हुंदै आएका छन् । विशेष गरी २०४६ सालको आन्दोलन र ०६२(०६३ को आन्दोलनलाई प्रजातन्त्र मजबुद बनाउने आन्दोलनका रुपमा लिइन्छ । २००७ साल यता भएका विभिन्न आन्दोलनमा सयौंले प्रजातन्त्रका लागि ज्यानको आहुती दिएका छन् ।
प्रजातन्त्र स्थापनाका लागि ज्यानको आहुती दिएका शहिदहरुको विशेष सम्झना गर्दै आज देशभर प्रजातन्त्र दिवस मनाइदै छ । यसैबिच प्रजातन्त्र स्थापना भएको ६८ वर्ष पुरा भए पनि जनताले भने खास प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् । भने प्रजातन्त्रको नाममा मुलुकमा बिभिन्न विकृतिले जरा गाडेको छ ।
मानिसले प्रजातन्त्रको दुरुपयोग गरेर मुलुकमा शुषान भन्दा कुशासन व्याप्त भएको जनगुनासो छ । मुलुकमा संघिय गणतन्त्र स्थापना भए पनि भ्रष्टाचार, अपराध, महंगी, बलात्कार जस्ता घटना न्यूनिकरण नहुँदा जनता निरास भएका छन् । आशा गरौँ आजको दिनपछि मुलुकमा प्रजातन्त्रको सही अनुभूति हुने छ । मायादेवी अनलाइनको तर्फबाट पनि शुभकामना ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  १२ : ४५ बजे