२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सरकारको एक मात्र एजेन्डा सुशासन र विकासः प्रधानमन्त्री ओली



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखि देशको विकास र समृद्धिको अटुट सपनालाई यथार्थमा रुपान्तरण गर्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान र्पुयाउन आह्वान गर्नुभएको छ ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिको दशकौं देखिको सपनालाई पूरा गर्न सबैलाई आ–आफ्नो स्थानबाट योगदान र्पुयाउन पुनः आह्वान गर्नुभएको हो ।
त्यस अवसरमा उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको उल्लेख गर्दै जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गर्न सफल भएकोमा गौरवको अनुभूति भएको पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार ’समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको पनि दोर्होयाउनुभयो । उहाँले देशलाई समृद्ध बनाउने अभियानमा मित्र राष्ट्रहरुको सहकार्य हुने अपेक्षा गरिएको पनि बताउनुभयो ।
समृद्धि प्राप्तिको यस सहयात्रामा मित्र राष्ट्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलनमार्फत् विकास अभियानमा सहकार्य हुने विश्वास रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।
यसै क्रममा उहाँले देशलाई समृद्ध राष्ट्रका रुपमा स्थापित हुन नदिन विभिन्न दुष्प्रयास भइरहेको र त्यस्ता तत्व विरुद्ध कडाइका साथ आफू प्रस्तुत हुने पनि स्पष्ट पार्नुभयो । उहाँले देशलाई पछाडि फर्काउने कुचेष्टा नगर्न पनि सबैलाई सचेत गराउनुभयो ।
आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ गते आजलाई विशेष दिनको रुपमा मनाउने गरिएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  ९ : १६ बजे