२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कांग्रेस क्षेत्र नम्बर १ को वैठक बस्यो, यस्ता छन निर्णय



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ कपिलवस्तुको वैठकले बिभिन्न निर्णयहरु गरेको छ । क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठको सभापतित्व र जिल्ला सभापति सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यमा शनिबार गोरुसिंगे स्थित गौतमबुद्ध क्याम्पस सम्पन्न वैठकले जन सरोकारका विषयमा पार्टीलाई केन्द्रित गर्ने, क्रियाशिल सदस्यता बढाउने र वडा समितिको वैठक नियमित बस्ने लगायतका निर्णहरु गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै पूर्व सिंचाई मन्त्री समेत रहनु भएका आचार्यले मुलुकमा बढ्दै गएका हत्या, हिंसा र लुटपाटका घटनामा सरकार दोषी रहेको बताउनुभयो । उहाँले अब कांग्रेसका कार्यकर्ताहरु जनमुखी काममा अगाडी बढेर जनताको मन जित्न लाग्नुपर्ने बताउनुभयो ।
क्षेत्रीय सचिव प्रेम नारायण पौडेलको संचालन, क्षेत्रीय उपसभापति शालिकराम चौधरीको स्वागतमा सम्पन्न कार्यक्रममा बैठकमा जिल्ला सदस्य ललित गुरुङ, देवेन्द्र रायमाझी, परमेश्वर पाठक, महासमिति सदस्य दुर्गा सेन, गुणलक्ष्मी ज्ञवाली, तरुण दलका सभापति शक्ति सिँह ठकुरी, क्षेत्रीय सदस्य ज्ञानु कार्की, महिला संघकी मिना केसी लगायतले बोल्नु भएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  १ : ५२ बजे