२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दुई तिहाईको सरकार एक वर्षमा नै असफलः नेता खाँण



रुपन्देही ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार एक वर्षमा नै असफल भएको बताउनु भएको छ ।
नेपाली कांग्रेस तिलोत्तमा वडा नं. १५ ले बाउन्नकोटिमा आयोजना गरेको कृयाशिल सदस्यता वितरण एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले दुई तिहाईको कम्युनिष्ट नेतृत्वको सरकारले एक वर्षमा जनताको पक्षमा कुनै काम गर्न नसकेको बताउनुभयो ।
नेता खाँणले निर्वाचनमा जनतालाई बिभिन्न आश्वासन दिन र भ्रम छर्न सीपालु भएपनि जनताका पक्षमा काम गर्न नेपालका कम्युनिष्ट पार्टीपुर्ण रुपमा असफल भएको बताउनुभयो । उहाले पार्टीका जिल्ला नेता कार्यकर्तालाई संगठन निर्माण र जनताको काममा लाग्न समेत निर्देशन दिनुभयो ।
अर्का केन्द्रिय सदस्य मिन बिश्वकर्माले वर्तमान सरकारलाई दुई तिहाईको दम्म भएर एकलौटी निणय गरीरहेको बताउनुभयो । उहाले संबिधान कार्यान्वयनका लागि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गरीरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नम्वर ५ कासंसदीय दलका नेता बलदेव शर्मा पोखरेल, नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, पुर्व सभापति रामचन्द्र ढकाल, नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  १ : ०१ बजे