२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

विप्लव नेतृत्वको नेकपाले लियो नख्खु बम विस्फोटको जिम्मा



काठमाडौं ।
१ जनाको ज्यान जानेगरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ ।
कुराकानीका क्रममा विप्लव नेतृत्वको नेकपाका एक नेताले आफूहरुले नै नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट गराएको बताए ।
शुक्रबार साँझ नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये एकजना सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भएको थियो ।
अन्य घाइते २ जनाको अहिले उपचार भइरहेको छ ।
नख्खुस्थित एनसेल कार्यालयसँगै देशका विभिन्न ठाउँमा पनि एनसेलका टावरमा आगजनी भएको छ । विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरुकै योजनाअनुसार भएको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  ७ : ३८ बजे