२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कांग्रेस पार्टी कार्यालयमा नेविसंघ र प्रहरीबीच झडप, २० भन्दा धेरै घाइते



काठमाडौं ।
नेपाली कांग्रेस निकटका विद्यार्थीहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । प्रहरीको लाठीचार्जबाट २० भन्दा बढी नेता कार्यकर्ता घाइते भएको नेविसंघ नेता प्रेमराज जोशीले बताए ।
नेविसंघका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले लाठि चार्ज गरेको प्रहरीले बताएको छ । नेविसंघमा ३२ वर्षे उमेरहद लागूहुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेको थियो भने नेपाल विद्यार्थी संघमा देखिएको समस्या समाधान गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गरिएको थियो ।
पार्टी्भित्र अन्तरघात, अराजकता र अनुशासन हिनताको विरुद्धमा भन्दै नेविसंघकाले कांग्रेस पार्टीकार्यालय सानेपा मौन प्रदर्शन आह्वान गरेको थियो । आज कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बस्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  ७ : ५४ बजे