२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

तिनै तहको सरकारले दिगो विकासका लागि काम गरिरहेको छः सांसद केसी



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा न २ मा प्रथम भलिबल प्रतियोगीताको उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश न ५ प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले  तिनै तहको सरकारले दिगो विकासका लागि काम गरि रहेको दाबी गर्नुभयो । कपिलबस्तु क्षेत्र नम्बर ३ (१) का सासंद समेत रहनुभएका केसीले आफुहरुले विकासको नाममा कनैे उटपटाङ्ग नगरेको भन्दै दिगो रणनिति अनुसार विकासको योजना बनाएको बताउनुभयो ।
मुलुक संघिय संरचनामा गएको भएकालेपनि विकास निर्माणका काममा कुनै रोकावट नभएको दाबी गर्नुभयो सांसद केसीले भन्नुभयो “हाम्रो चाहना भ्यागुताको छलानङ्ग जस्तो विकाशको हो । ” अलिलेको स्थानिय सरकार सबै भन्दा बलियो निकाय रहेकाले विकास निर्माणका काम गर्नुपर्नेमा जोड दिनुभयो । सांसद केसीले स्थानिय खोला नालाको टेन्डरको विषयमा आएको गुनासाहरु स्थानिय स्तरबाटै समाधान हुनुपर्नेमा जोड दिनुभयो ।
देश कसरी चलाउने र विकासको बारेमा नसिकाउन नेपाली कांग्रेस लाई सुझाव दिनुभयो ।
अहिले शिवराज क्षेत्रमा भइ रहेको विकाश निमार्णको काममा आफु लागि परेको र बालापुर हल्लानगर कालो पत्रे, सोनवागढ उत्खनन्, शिवगढी किल्लाको पहिचान, सिंचाइका लागि डिपबोर र बाटोहरुको स्तर उन्नती गर्न पटक पटक मन्त्रालय गई सबैको ध्यान आकर्षण गरेको बताउनुभयो ।
अहिलेको सरकार स्थिर सरकार भएकोले ५ वर्ष सम्म सरकारले काम गर्ने बताउनुभयो । शिवराज नगरपालिका लगाएत देशमा रहेको सुकुम्बासी समस्या ५ वर्ष भित्र समाधान हुने गरि काम भई रहेको बताउनु भयो । साथै युवा क्लबले आयोजना गरेको भलिवल प्रतियोगिता सफलताको शुभकामना दिनुभयो ।
कार्यत्रममा बोल्दै नेपाली काग्रेसका नेता अजय थापाले अहिलेको दुई तिहाइ सरकारले केही गर्न नसकेको आरोप लगाउनुभएको थियो । श्री नमुना ज्योती युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा विभिन्न समुह सहभागी छन् ।
कार्यक्रममा शिवराज नगरपालिका वडा न २ का अध्यक्ष राम बहादुर चौधरी, नेकपा प्रदेश सदस्य बालक राम बुढा, नेकपा नगर कमिटि अध्यक्ष दिनेश पुन, कार्यपालिका सदस्य सि.बी गहतराज, नेकपा वडा कमिटि अध्यक्ष रामकृष्ण रेग्मी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम संतोष जैशीको अध्यक्षता, लाल बहादुर बुढाको स्वागत तथा शिशिर लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५ सोमबार ००:००  ६ : ४६ बजे