२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

पौडेल र सिटौला समूहद्वारा काँग्रेस बैठक बहिस्कार



काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि स्थिगित भएको छ। पौडेल र सिटौला पक्षको बहिष्कारका कारण मंगलबारका लागि बोलाइएको बैठक बस्न नसकेको हो।
बैठकका लागि सभापति शेरबहादुर देउवा पक्षका नेता मात्रै उपस्थित थिए। पार्टीको निर्णय प्रक्रियामा सभापति देउवाले एकलौटी गरेको भन्दै पौडेल र सिटौला पक्ष विरोध स्वरुप बैठक बहिष्कार गरेको हो।

बैठक पार्टी कार्यालय सानेपामा ११ बजे बोलाइएको थियो। बैठकमा पुग्न सँधै ढिला गर्ने सपापति शेरबहादुर देउवा भने आज ११ बजेअघि नै पार्टी कार्यालय पुगेका थिए।

महासमिति बैठकको निर्णय विपरीत बहुमतको आधारमा आइतबार विधान पारित गरेपछि असन्तुष्ट बनेका पौडेल र सिटौला समूहका नेताहरु बैठकमा उपस्थित नभएका हुन्।

महासमितिको दुई तिहाइ बढी संख्याबाट उठाइएको आवाजलाई विधानमा नसमेटिएको भन्दै संस्थापन इतर समूहले असहमति जनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५ मंगलबार ००:००  ९ : ५८ बजे