२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पाकिस्तानी सैनिक प्रवक्ता भन्छ्न, ‘भारत तयार रहोस, हामी जवाफ दिन्छौँ’



एजेन्सी ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूरले भनेका छन, ‘बेवकुफ साथीभन्दा विचारवान् शत्रु राम्रो हुन्छ । भारत दुश्मनीमा बेवकुफ र झुठको सहारा लिन्छ ।’
प्रवक्ता गफूरले यो पनि भनेका छन, ‘भारतीय मिडियाले दाबी गरेका छन् कि भारतीय वायुसेनाको विमान २१ मिनेटसम्म पाकिस्तानी सीमामा रह्यो । तर, हामी भनिरहेका छौँ उनीहरु फेरि आउन् र २१ मिनेटसम्म पाकिस्तानी भूमिमा बसेर देखाउन् ।’
उनका अनुसार भारतीय विमान सीमासम्म आएको सूचना राडरबाट प्राप्त भएको थियो । प्रवक्ता गफुरले बताएअनुसार भारतीय सेनालाई तीन ठाउँमा उनीहरुले जवाफ दिएका थिए । उनले भने ‘दुई ठाउँमा त उनीहरु सीमामा प्रवेश गर्न नै पाएनन् एक ठाउँमा प्रवेश गरेका थिए, चार भित्रै उनीहरु फर्किएर जानुर्पयो ।
गफूरका अनुसार फर्किएर जानेक्रममा नै चार बम खसालेका थिए । यसले मानवीय क्षति नभएको उनले बताएका छन् । जो कोही पनि त्यहाँ गएर देख्न सक्छन् । हामी मानिसहरुलाई त्यहाँ लिएर जादैछौँ । भारतले ३५० चरमपन्थीको ज्यान गएको बताएको छ तर त्यहाँ केही नभएको उनले प्रतिक्रिया दिए । मानिसको ज्यान गएको भए केही शव भेटिनुपर्ने तर त्यहाँ केही पनि छैन ।
गफूरले यो पनि भनेका छन् । ‘हामी यस्तो स्थितिको लागि तयार थियौँ । हामी अब यसको जवाफ दिन्छौँ । भारतलाई अलग किसिमको दिन्छौँ, भारतलाई सरप्राइज दिन्छौँ ।’ मंगलबार बिहान भारतीय वायुसेनाले बालाकोट क्षेत्रमा एक हजार किलो विस्फोटक पदार्थ खसालेको थियो ।
यो आक्रमणलाई लिएर भारत र पाकिस्तानले आआफ्नो दाबी गरिरहेको छ । भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ । पाकिस्तानले जवाफी कारबाही गरेपछि भारतीय सेना बम खसाल्दै भागेको दाबी गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  २ : ३९ बजे