२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सेना दिवसको कार्यक्रममा दुर्घटना– प्याराग्लाइडिङ गरिरहेका सैनिक सडकमा खसे



काठमाडौं ।
सेना दिवसको अवसरमा प्यारासुटमार्फत ‘फ्रि(फल जम्प’को कौशल देखाइरहेका एक सैनिक दुर्घटनामा परेका छन् ।प्यारासुट अवतरण गर्ने क्रममा सैनिक मञ्च टुँडिखेल छेउ गोश्वारा हुलाक कार्यालय अगाडि सडकमा सैनिक कर्मचारी खसेका जनाइएको छ ।
प्यारासुट खसेर घाइते हुने सैनिक कर्मचारीमा हवल्दार पूर्ण बहादुर भण्डारी रहेका जनाइएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।प्यारासुटसहित खसेका भण्डारीलाई उद्दार गरी एम्बुलेन्समार्फत वीर अस्पताल लगिएको सैनिक प्रवक्ता सहायक रथी याम प्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ७ : २४ बजे