५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काठमाडौंमा सडक दुर्घटना, एकजनाको मृत्यु



काठमाडौं ।
काठमाडौंको छाउनीमा सोमबार राति स्कुटर पल्टिँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।
राति पौने १ बजेतिर बा ८७ प ३५३ नम्बरको स्कुटर सडकछेउको रुखमा ठोक्किएर दुर्घटना हुुँदा काठमाडांै डल्लु बस्ने २२ वर्षका सुजन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते काभ्रे घर भएका २१ वर्षका दीपेन्द्र मग्रान्तीको भने स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  २ : ०३ बजे