४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

इरानमा हेलिकप्टर दुर्घटना, पाँचजनाको मृत्यु



एजेन्सी ।
आपत्कालीन औषधि र चिकित्सकहरु बोकेको हेलिकप्टर दुर्घटना हुँदा इरानमा सोमबार पाँचजनाको ज्यान गएको छ । हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो ।
गर्भवती महिलालाई आपत्कालीन उपचारका लागि लैजान खटिएको हेलिकप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ ।
“आपत्कालीन सेवाको आवश्यकता परेकी २६ वर्षीया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफैँ दुर्घटनामा परेको हो,” आपत्तकालीन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भने ।
चालक दलका तीनजना र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर होलिकोप्टर दुर्घघना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ ।
इरानमा बेला बेलामा यस्ता हेलिकोप्टर तथा विमान दुर्घटना भइरहने गरेका छन् । अहिले दुर्घटना भएको क्षेत्रमा यसअघि पनि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  २ : ०६ बजे