१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मत्थर हुँदै भारत र पाकिस्तान विवाद, अवरुद्ध रेल सेवा सुचारु



एजेन्सी ।
भारत पाकिस्तानबीच भएको विवादका कारण केही दिनदेखि अवरुद्ध रेल सेवा पुनः सुरु भएको छ । दुई देशबीचको महत्त्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको त्यहाँका अधिकारीले जनाएका छन् । पछिल्लो द्विदेशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो ।
सम्झौता एक्सप्रेसको रेल अत्तारी स्टेशन पुगेको भारतीय अधिकारीले बताएका छन् । पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० यात्रु रहेको जनाएका छन् ।
भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवासमेत अवरुद्ध भएको थियो । दुई देशबीचसोमबार र बिहीबार रेल सेवा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  २ : ०८ बजे