२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

संघीय संसदको एक वर्ष पूरा, नागरिकको प्रश्न उपलब्धि कति ?



काठमाडौँ ।
पाँच वर्ष कार्यकाल भएको संघीय संसदले एक वर्षे कार्यकाल पूरा गरेको छ । गत वर्ष फागुन २१ गते पहिलो अधिवेशन सुरु भएको थियो । हाल संघीय संसदको तेस्रो अधिवेशन जारी छ ।
२०७२ सालमा जारी भएको नेपालको संविधानअनुसार गत वर्ष मंसिर १० र २१ गते दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक भएको थियो । चुनावमा नेकपाले झण्डै दुई तिहाइ बहुमत ल्याएको थियो भने प्रतिपक्षीका रुपमा कांग्रेस कमजोर रुपमा उपस्थित भएको थियो ।
मंसिरमा चुनाव भए पनि राष्ट्रियसभाको गठन हुन ढिलाई हुँदा अधिवेशन केही ढिलो गरी फागुन २१ गतेदेखि सुरु भएको थियो । प्रतिनिसभा र राष्ट्रियसभा गरी दुई संघीय संसद दुई सदन रहेका छन् ।
एक सय ६५ प्रत्यक्ष निर्वा्चित र समानुपातिकबाट एक सय १० गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ भने राष्ट्रियसभा ५९ सदस्यीय छ ।
संघीय संसदको अधिवेशन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । ओलीले दुई सय ८ मत पाएका थिए ।
पहिलो अधिवेशनमै संसदीय संसदले राष्ट्रपति, उपराष्ट्रपतिसहित सभामुख, राष्ट्रियसभाको अध्यक्ष उपाध्यक्ष, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष निर्वा्चित गरेको थियो ।
संघीय संसदको अधिवेशन सुरु भएको एक वर्ष्भित्र सबै कानुनलाई संविधानअनुकुल बनाएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबार नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेकी छिन् ।
मौलिक हक कार्यान्वयनसँग सम्बन्धित १७ वटा कानुन पनि संघीय संसदले यहि एक वर्षको अवधिमा निर्माण गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  ३ : २६ बजे