१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

तेह्रथुमममा आगलागी, १९ वर्षीय युवतीको मृत्यु



काठमाडौँ ।
तेह्रथुममको छथर गाउँपालिका–२ मा आगलागी हुँदा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् । मंगलबार बिहान ६ बजेतिर लागेको आगलागीमा परेर १९ वर्षकी सम्झना कार्कीको मृत्यु भएको हो ।
घटनामा उनकी आमा राममाया कार्की गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । आगलागीमा परेकी छोरीलाई बचाउन जाने क्रममा आमा पनि घाइते भएको र उनको धरानमा उपचार भइरहेको कार्कीले बताए ।
टिन र काठले बनेको दुई तले घरमा बिजुली जडान गरिएको थिएन । उज्यालोका लागि बालिएको टुकीबाट आगो सल्किएको हुन सक्ने प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  ६ : ३८ बजे