१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

प्रिमनसुनी गतिविधि सुरु, तापक्रम विस्तारै बढ्दो क्रममा



काठमाडौं ।
बुधबार सामान्यतया देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको समय सुरु भएकाले स्थानीय वायुको प्रभावले मौसममा सामान्य गडबढी हुन सक्ने मौसमविदले बताएका छन् ।
प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्ने जस्ता संकेत देखिन्छ । यस्तै केही दिन मौसम सफा जस्तो देखिए पनि छिनमै बद्ली हुने, हल्का वर्षा हुने र क्षणभरमै सफा हुनेलगायतका गतिविधि प्रिमनसुनको बेला हुने गर्छ ।
अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुनी समय मान्ने गरिन्छ । तापक्रम विस्तारै बढ्दो क्रममा छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  ३ : ०२ बजे