१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

बसको ठक्करबाट हेटौडामा पैदलयात्रुको ज्यान गयो, स्थानीयले शव उठाउन दिएनन्



मकवानपुर ।
बसको ठक्करबाट हेटौडामा पैदलयात्रुको ज्यान गएको छ ।हेटौंडा उपमहानगरपालिका–६ हात्तिलेटमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको हो। मकवानपुरको हात्तीसुडेबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ६८१७ बसले हात्तिलेड सडकखण्डमा हिडिरहेका एक ब्यक्तिलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताए। बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पैदल यात्रुलाई ठक्कर दिएपछि स्थानीयले शव उठाउन दिएका छैनन्।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  ५ : ४९ बजे