८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गृहमन्त्री भन्छन्ः निर्मलाको हत्यारा पत्ता लगाएरै छाड्छौँ



धनगढी ।
गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गरेका छन्। सुदूरपश्चिम प्रदेशमा जारी सुरक्षा गोष्ठीमा सहभागी हुन बुधबार धनगढी पुगेका गृहमन्त्रीले सुरुमा लापरबाही भएको हुँदा अनुसन्धानमा ढिलाइ भएको बताए। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सुरुमा केही निकायमा लापरबाहीको कारण गर्दा अनुसन्धानमा जटिलता पैदा भएको हो। अहिले अनुसन्धान जारी छ। सकेसम्म छिटो अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउने छौँ।’ गृहमन्त्री थापाले विप्लवको गतिविधिप्रति सरकार गम्भीर रहेको पनि बताएका छन्। विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘केही समूहले यो बिचमा बिष्फोटन र ध्वंसात्मक गतिविधि गरिरहेको छ। यो बारेमा पनि सरकार गम्भीर छ।’ उनले यस्ता गतिविधिहरूमा संलग्नहरूलाई नियन्त्रणमा लिइरहेको बताए। यस्ता गतिविधिमा संलग्नहरूलाई मूलभूत रूपमा नियन्त्रण गरिएको उनले बताए।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  ६ : ०१ बजे