१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

इमरान खानद्धारा हिन्दुबारे अपमानजनक टिप्पणी गर्ने मन्त्रीलाई पदबाट मुक्त



एजेन्सी ।
पाकिस्तानको पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज उल हसन चौहान हिन्दु धर्मको बारेका टिप्पणी गर्दा मन्त्री पदबाट मुक्त हुनु परेको छ ।पाकिस्तान तहरिक ए इन्साफ ९पीटीआई० का नेता तथा पञ्जाबका सूचना, संस्कृति मन्त्री चौहानले हिन्दुहरुलाई गाईको पिसाब खाने मानिस भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।चौहानको यो बयानपछि पंजाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले स्पष्टिकरणका लागि उनलाई बोलाएका थिए । त्यसपछि उनले राजीनामा दिएका छन् । मुख्यमन्त्री बुजदारले इमरान खान नेतृत्वमा भएको पार्टीमा कुनै पनि किसिमका विभेद निम्त्याउने गतिविधि नहुने प्रतिक्रया दिए । मन्त्रीको यो टिप्पणी पश्चात् उनको निकै आलोचना भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  ६ : १७ बजे