५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रधानमन्त्री ओली नियमित उपचारका लागि अस्पतालमा



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली नियमित चेकजाँचका लागि अस्पताल पुगेको नेकपाका महासचिव विष्णु पौडेलले  जानकारी दिए । उनको त्रिवि शिक्षण अस्पतालको मनमोहन काडियोथोरासिस भास्कुलरमा पुगेर नियमित उपचार गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । केही समय अघि भाइरल ज्वरोका कारण प्रधानमन्त्री ओली अस्पताल भर्ना भएरै उपचार गराएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  ७ : ४२ बजे