५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विप्लवद्धारा साविक राप्ति अञ्चल बन्द, जनजीवन प्रभावित



दाङ । 

हल्लै हल्लाको परिवेशमा बुधबार साँझ एकाएक विहीबार नेपाल बन्दको खबर आयो । सामाजिक सञ्जालमा भएको हल्लाको खबरले नागरिकमा अन्यौलता थप्यो । नेपाल बन्द कस्ले गरायो भन्ने कौतुहलता सबैमा छायो । जसरी नेपाल बन्दको हल्ला भाइरल बनेको आयो विहान देखि सवारी साधन हुइकिरहेका छन । बजार खुल्ला छन । यद्यपि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले बिहीबार एक दिने साविक राप्ती बन्दको घोषणा गरेको छ । बुधबार दाङको तुलसीपुरमा कार्यक्रम स्थलबाटै पक्राउ परेका पार्टीका नेताको विरोधमा बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ ।

ब्युरो इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तीमा विनाकारण पक्राउ परेका पार्टीका सदस्य प्रदिप वली, इश्वरी पाण्डे र रुद्ध वलीको विनासर्त रिहाइ गर्न माग गरिएको छ । यसैबीच बन्द सफल पार्न इन्चार्ज सुवासले विज्ञप्तीमार्फत सबैमा आग्रह गरेका छन् । बन्द आज विहान ५ देखि साँझ ६ बजे सम्म गरिने बताइएको छ ।

तीनै जना नेता हिजो तुलसीपुरको विएस पाटी प्यालेसबाट पक्राउ परेका थिए । यसैबीच बन्दका कारण राप्तीको जनजीवन प्रभावित भएको छ । दाङबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीका साधनहरु चलेका छैनन् ।

जिल्लाका मुख्य बजार र शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द रहेका छन, भने सडकमा मोटरसाइकिल र अटोरिक्सा बाहेक अन्य सवारीका साधनहरु सञ्चालनमा आएका छैन । राप्तीका अन्य जिल्लामा पनि बन्दको प्रभाव परेको छ । विप्लव नेतृत्वको नेकपाले राप्ती बन्द घोषणा गरेपनि अरु स्थानमा भने बन्द आयोजना गरिएको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  २ : ०१ बजे